काठमाडौं, १७ असोज । गएराति भएको च्याम्पियन्स लिग खेलमा म्यानचेस्टर सिटीले सानदार कमव्याक गर्दै होफिनहेमलाई २-१ गोलले पराजित गरेको छ ।
घरेलु मैदानको फाइा उठाउँदै खेलको पहिलो मिनेटमा नै होफनहेमले गोल गरेको थियो । उसका लागि इसक बेलफोडिलले गोल गरेका थिए ।
तर, खेलको ८ औ मिनेटमा सिटीका लागि सर्जियो अगुइरोले बराबरी गोल फर्काए । खेलको अन्तिम समयमा डेबिड सिल्भाले गोल गर्दा सिटीले महत्वपुर्ण तीन अंक बटुल्न सफल भयो ।
यो जितसँगै सिटीको २ खेलबाट ३ अंक भएको छ । पहिलो खेलमा लियोनसँग पराजित भएको सिटीलाई यो जितले राहत दिएको छ ।
The post म्यानचेस्टर सिटीको कठिन जित appeared first on Sajha Post.