काठमाडौं, २० असोज । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा मलेसियाले नेपाललाई १०१ रनको लक्ष्य दिएको छ ।
बायोमास ओभल क्रिकेट मैदानमा केहि समय अघि भएको टसमा मलेसियाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएर नेपाललाई बलिङको निम्ता दिएको थियो । मलेसियाले १९.३ ओभर खेल्दा अलआउट भएर १०० रन जोड्न सफल भएको हो ।
नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट र सोमपाल कामीले ३ विकेट लिएर ह्याट्रिक गरेका छन् । सन्दीपले ४ ओभर खेल्दा २० रन दिएर ५ विकेट लिएका हुन् । सन्दीपले १४ ओभर २ बलमा सिजर्रल आइड्रस ० मा आउट गर्दै टी २० क्रिकेट करियरमा पहिलो पटक ५ विकेट लिएका हुन् । उनि टी २० क्रिकेटमा एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् ।
सोमपालले ३.३ ओभरमा १६ रन दिँदै ३ विकेट लिएर ह्याट्रिक गरेका हुन् भने कप्तान पारस खड्काले २ विकेट लिए ।
The post मलेसियाले दियो १०१ रनको लक्ष्य, सन्दीप र सोमपालको ह्याट्रिक appeared first on Sajha Post.