काठमाडौं, २० असोज । नेपालले बंगबन्धु अन्तराष्ट्रिय गोल्डकपको दोस्रो खेलमा आज बलियो टोली प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार आज साँझ ६ः१५ मा सुरु हुनेछ ।
मंगलबार भएको समूह चरणको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २ – ० ले पराजित भएको थियो । सिल्हेटस्थित जिल्ला स्टेडियममा नेपाललाई दोस्रो चरणमा पुग्न फराकिलो जित आवश्यक रहेको छ ।
झिनो अन्तरको जित र बराबरीले नेपाल सेमिफाइनलमा पुग्न असफल हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले अंक जोड्न सकेको छैन । अहिलेसम्म प्यालेस्टाइन र ताजकिस्तानले ३–३ अंक जोडेको छ ।
प्यालेस्टाइनविरुद्ध जित निकाले नेपालको पनि ३ अंक हुनेछ । यस्तोमा गोल अन्तरले अघिल्लो चरण पुग्ने दुई टोलीको तय गरिनेछ ।
The post प्यालेस्टाइनविरुद्ध कठिन खेल खेल्दै नेपाल appeared first on Sajha Post.