Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मेसीलाई पछि पार्दै बालोन डि’ओर अवार्ड रोनाल्डोले जिते

$
0
0

काठमाडौं, २८ मंसिर । लिओनल मेस्सीलाई पछि पार्दै रियल मड्रिडका पोर्चुगिज ३१ वर्षीय स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले प्रतिष्ठित बालोन डि’ओर अवार्ड हात पारेका छन् ।

यो दौडमा बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी दोस्रो र फ्रान्सका एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहन पुगे । रोनाल्डोको यो चौथो बालोन डि’ओर उपाधि हो । यसअघि उनले २००८, ०१३, ०१४ मा यो उपाधि जितेका थिए। यस वर्ष दोस्रो स्थानमा रहेका मेसीले सन् २००९ देखि लगातार चार वर्षसहित गत वर्षसमेत गरेर पाँचौपटक यो उपाधि जितेका थिए ।

गत वर्ष रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका रोनाल्डोले आफ्नो मुलुक पोर्चुगललाई समेत युरो कप जिताएका थिए । विगत ६ वर्षदेखि फिफा र फ्रान्स फुटबल मिलेर प्रदान गरिएको यो अवार्ड यसपटक फ्रान्स फुटबलले मात्र प्रदान गरेको हो । यस वर्षबाट फिफाले आफैं बर्ष खेलाडी अवार्ड प्रदान गर्ने तयारी गरेको छ ।

The post मेसीलाई पछि पार्दै बालोन डि’ओर अवार्ड रोनाल्डोले जिते appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles