काठमाडौँ, ६ कार्तिक । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पुर्व क्लब रियल मड्रिडबारे कटाक्ष गरेका छन् । पछिल्लो समय रियल संकटमा रहेको छ । ला लिगामा झुर खेल प्रदर्शन गरेको रियलमा गोलकर्ताहरुको खडेरी परेको हो ।
केही दिन अगाडि रियलका खेलाडी इस्कोले रोनाल्डोलाई व्यंग गरेका थिए । रोनाल्डोले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘रियलको संकट रियलले नै सुल्झाउनु पर्छ । रियलप्रति मलाई भन्नु केही छैन र मलाई रियलका विषयमा मुछिनु पनि छैन ।’
उनले थप्दै भने, ‘रियलमा मेरो महत्व कति थियो त्यो सबै फ्यानहरुलाई थाहा छ । मैले रियलमा रहँदा गरेको योगदान र मैले रियल किन छोडे योबारे पनि फ्यानहरुलाई थाहा छ ।’
उनले भने, ‘रियलको संकट आफैले समाधान गरोस्, मलाई दोष दिने काम नगरोस् ।’
The post ‘रियल मड्रिडमा आएको संकट मैले निम्ताएको हैन’ appeared first on Sajha Post.