Image may be NSFW.
Clik here to view.
काठमाडौँ, ७ कार्तिक । स्पेनिस क्लब रियल मड्रिडलाई राहत मिलेको छ । गएराति भएको च्याम्यिन्स लिगमा रियलले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई २-१ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा अग्रता पनि रियलले नै बनाएको थियो ।
सान्टियागो बेर्नाबेउमा भएको खेलको ११ औं मिनेटमा बेन्जिमाले गोल गरेका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलका लागि दोस्रो गोल खेलको ५५ औ मिनेटमा मार्सेलोले गरे ।
तर, खेलको ७९ औं मिनेटमा भिक्टोरियाका प्याट्रिकले एक गोल फर्कायो ।
पछिल्लो समय खराब खेल पदर्शन गर्दै आइरहेको रियललाई यो जित केही राहत दिएको छ ।
भिक्टोरियाविरुद्धको जितपछि रियलले ३ खेलबाट ६ अंक जोड्न सफल भएको छ । रियल समूहको शीर्ष स्थानमा छ । भिक्टोरियाले १ अंकमात्र जोड्न सफल भएको छ ।
यस समूहको अर्को खेलमा इटालियन क्लब रोमाले रुसी क्लब सीएसकेए मस्कोलाई ३-० ले पराजित गरेको छ ।
रोमाले पनि ३ खेलबाट ६ अंक जोड्न सफल भएको छ । मस्कोको चार अंक रहेको छ ।
The post रियल मड्रिडलाई राहत appeared first on Sajha Post.