Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एफसी १९ वर्षमुनीको महिला च्याम्पियनसिप छनोट, थाइल्याण्डसँग भिड्दै नेपाल

$
0
0


काठमाडौं, ७ कात्तिक । एएफसी १९ वर्ष मुनिको महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले आज आयोजक राष्ट्र थाईल्याण्डसंग खेल्दैछ ।

खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । बलियो र घरेलु टोली थाईल्याण्डविरुद्ध नेपालले चोनबुरी स्टेडियममा प्रतिस्पर्धा गर्न लागेको हो । थाइल्याण्ड नेपाली १९ वर्ष मुनिको टोलीका लागि नयाँ प्रतिस्पर्धी हो ।

थाईल्याण्डलाई यस समूहको उपाधि दाबेदार टिम मानिएको छ । तर, दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपालले पहिलो खेलमा थाईल्याण्डविरुद्ध कडा चुनौती दिने तयारी गरेको छ । थाईल्याण्डविरुद्ध नेपाल सके जित नत्र बराबरी खेल्ने योजनामा हुनेछ ।

छनोटको समूह ’बि’ मा रहेको नेपालले थाईल्याण्डपछि भारत र पाकिस्तानसंग खेल्नेछ । नेपालले दोस्रो खेलमा भारतसंग अक्टोबर २६ र अन्तिम खेल पाकिस्तानसंग २८ अक्टोबरमा खेल्नेछ ।

The post एफसी १९ वर्षमुनीको महिला च्याम्पियनसिप छनोट, थाइल्याण्डसँग भिड्दै नेपाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles