काठमाडौं, ३० मंसिर । बुधबार राति सम्पन्न खेलमा सण्डरल्याण्डलाई एक शून्य गोलले हराएपछि इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानको अग्रता अझै चुल्याएको छ ।
गएरातिको विजयसँगै चेल्सीको १६ खेलबाट ४० अंक भएको छ । अहिले चेल्सी ६ अंकको अग्रतासहित शिर्ष स्थानमा छ । सण्डरल्याण्डबिरुद्धको जितका लागि खेलको ४०औं मिनेटमा पाहुना टोली चेल्सीका लागि शेस फेब्रिरगासले गरेको गोल गरेका थिए ।
यसैगरी गएरातिकै खेलमा मिडिल्सब्रोलाई तीन शून्यले हराएर लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको जितमा एडम लाल्लानाले दुई तथा ओरिगीले एक गोल गरेका थिए । समान ३४ अंक भएपछि आर्सनललाई पछि पार्दै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो ।
यसैगरी लिगको चौथो पाँचौं र छैटौं स्थानमा रहेका म्यान्चेस्टर सिटी, टोटनहृयाम र म्यान्चेस्टर युनाइटेडले पनि आ-आफ्नो खेलमा जित हासिल गरे ।
The post ६ अंकको अग्रतासहित प्रिमियर लिगको शीर्ष स्थानमा चेल्सी appeared first on Sajha Post.