काठमाडौँ, १२ कार्तिक । गएराति भएको प्रिमियर लिग चेल्सीले बर्नलीलाई ४-० ले पराजित गरेको छ । उच्च फर्ममा रहेको चेल्सीविरुद्ध बर्नलीको केही सिपन लागेन ।
चेल्सीलाई जित दिलाउन अल्भारो मोरटा, रोस बार्क्ली, लफ्टस चिक र विलियनले समान एक एक गोल गरे ।
खेलको २२ औं मिनेटमा मोरटाको गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
खेलको ५७ औं मिनेटमा बार्क्लीले गोल गरे ।
खेलको ६३ औं मिनेटमा विलियनले गोल गरे । त्यसपछि खेलको इन्जुरी समयमा चिकले गोल गर्दा बर्नली निरिह देखिएको थियो ।
यो जितसँगै चेल्सीको १० खेलमा २४ अंक भएको छ । पराजित बर्नली ८ अंक जोडेर १५ औं स्थानमा छ ।
The post प्रिमियर लिगः बर्नलीविरुद्ध चेल्सीको चार गोल appeared first on Sajha Post.