पोखरा, १२ कात्तिक । राष्ट्रिय टिमका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राइनोजले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल)मा दोस्रो पराजय व्यहोरेको छ ।
सोमबार सम्पन्न दोस्रो खेलमा चितवन राइनोजले दिएको १ सय ४१ रनको लक्ष्य घरेलु टोली पोखरा पल्टनले ५ विकेट गुमाउँदै १८ औं ओभरमा पूरा गरेको हो । चितवनविरुद्ध ५ विकेटको जित निकालेको पोखरा पल्टनको पीपीएलमा यो दोस्रो जित हो ।
चितवन यसअघि पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित भएको थियो । चितवनले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको घरेलु टोली पोखरा पल्टनले ४ विकेट गुमाएर रन बनायो । खराब शुरुवात गरेको पोखराका लागि तेस्रो विकेटको लागि रवि इन्दर सिंह र रोहितले तेस्रो विकेटको लागि ७८ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेल टोलीको रन शुन्य छंदा पेभेलियन फर्किसकेका थिए ।
रवि इन्दर सिंह ६५ रनमा आउट भए । उनले ४८ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । कप्तान शरद भेषवाकर ३७ रनमा आउट भए । उनले २० बलमा ३ चौका र ३ छक्का जोडे । रोहित पौडेलले १७ रन जोडे । चितवनका लागि करण केसीले ३ विकेट लिए भने सन्नी पटेल र शक्ति गौचनले १-१ विकेट हात पारे ।
पोखरा क्रिकेट मैदानमा सोमबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन बनायो । मध्यम शुरुवात गरेको चितवनका लागि कप्तान पारस खड्काले ४४ रनको आक्रमक इनिङ्स खेले । ३२ बल खेलेका पारसले ३ छक्का र ३ चौका प्रहार गरे । सन्नी पटेलले २७ बलमा ३ चौका र ३ छक्कासहित ४६ रन बनाए । पारस र सन्नी पटेलले चौथो विकेटको लागि ५३ रनको साझेदारी गरेका थिए । समित पटेल रनमा अविजित रहे ।
सोनु तामाङले २१ रन जोडे । ओपनर अनिल कुमार साह १६ रनमा पेभेलियन फर्किए । हरिशंकर शाह ३ रनमा आउट भए । करण केसी शुन्यमा आउट भए । पोखराका विक्रम भुषालले २ विकेट लिए । मेहबुव आलम, मोहम्मद नाभिद, शरद भेषवाकरले समान १ विकेट लिए ।
घरेलु टोली पोखराले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
The post चितवन राइनोजको दोस्रो हार, पोखरा पल्टन ५ विकेटले विजयी appeared first on Sajha Post.