Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मार्टिन्सको ह्याट्रिकमा इम्पोलीमाथि नपोलीको शानदार जित

$
0
0


रोम, १७ कात्तिक । एसएस नपोलीले इटालियन सिरी ‘ए’ फुटबलमा इम्पोलीमाथि ५–१ को फराकिलो जित निकालेको छ । ड्रियस मार्टिन्सले ह्याट्रिक पुरा गरेपछि यो सम्भव भएको हो ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा नपोलीको शानदार जितमा मार्टिन्सले ह्याट्रिक पुरा गर्दा लोरेन्जे इनसिग्ने र अर्कडियुस मिलिकले पनि गोल गरे ।

इम्पोलीका लागि फ्रान्सिस्को कापुटोले सान्त्वना गोल फर्काए पनि पराजय रोक्न सकेनन् ।

खेलको नवौं मिनेटमा लोरेन्जोको गोलबाट नपोलीले खेलमा अग्रता बनाएको थियो । ३८औं मिनेटमा मार्टिन्सको अर्को गोलसँगै नपोलीले पहिलोमा हाफमा दुई गोलको अग्रता कायम गर्‍यो ।

दोस्रो हाफमा ५८औं मिनेटमा फ्रान्सिस्कोले गोल गर्दै इम्पोलीलाई लयमा फर्काउने प्रयास गरे । तर, समग्र टिम पर्फर्मान्समा इम्पोली कमजोर सावित भयो ।

मार्टिन्सले नेपोलीका लागि ६४औं मिनेटमा तेस्रो तथा व्यक्तिगत दोस्रो गोल थपे भने ९०औं मिनेटमा मिलिकले अर्को गोल थपेपछि ४–१ को अग्रता बनाउन सफल भयो । लगत्तै इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा मार्टिन्सले ह्याट्रिक पूरा गरेर नपोली ५–१ के विजयी हुन सफल भयो ।

The post मार्टिन्सको ह्याट्रिकमा इम्पोलीमाथि नपोलीको शानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles