Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पीएसजीको लगातार १२ अौं जित, एमबाप्पे चम्किए

$
0
0


पेरिस, १७ कात्तिक । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शुक्रबार भएको लिग वन अन्तर्गतको खेलमा लिललाई २-१ ले पराजित गरेको छ । युवा फरवार्ड किलियन एमबाप्पेले गोल र असिस्टमा पीएसजीको जित सम्भव भएको हो ।

पिएसजीको यो लगातार १२ अौं जित हो । जितसँगै उसले शीर्ष स्थानमा अग्रता बढाउन सफल भएको छ । खेलमा किलियन एमबाप्पे र नेयमारले गोल गरे । प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा लिलले सान्त्वना गोल फर्काए पनि पनि पराजय रोक्न सकेनन् ।

गोलरहित रहेको पहिलो हाफमा पीएसजीले एउटा मौका गुमायो भने दोस्रो हाफमा युवा फरवार्ड एमबाप्पेले पीएसजीलाई अग्रता दिलाए । उनले मिडफिल्डबाट अाएको थ्रु पासलाई ७० अौं मिनेटमा गोलमा रुपान्तरण गरेका हुन् । लगत्तै १४ मिनेटपछि नेयमारले एमबाप्पेको पासमा गोल गर्दै अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरे ।

निकोलस पेपेले खेलको अन्तिम मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्काउने प्रयास गरे पनि सफलता पाएनन् । यस जितसँगै पीएसजीले १२ खेलमा ३६ अंक पुर्‍याएको छ । दोस्रो स्थानमा रहेको लिलको २५ अंक छ ।

The post पीएसजीको लगातार १२ अौं जित, एमबाप्पे चम्किए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles