काठमाडौं, १७ कात्तिक । पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको शनिबारको पहिलो खेलमा हुलास काठमाडौं रोयल्सले घरेलु टोली पोखरा पल्टनलाई जितका लागि १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले १९ ओभर १ बलमा अलआउट हुँदै १०३ रन जोडेको हो । काठमाडौंले दिएको समान्य रनको लक्ष्यसहित शरद भेष्वाकरको कप्तानीमा रहेको पोखराले जवाफी ब्याटिङ सुरु गरेको छ ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३१ रन जोडे भने अमित श्रेष्ठले २१ रन बनाए । सर्वाधिक पुरस्कार राशीको पीपीएलमा आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण रहेको छ । पोखरालाई हराउन सके काठमाडौंले सिधै फाइनल यात्रा तय गर्नेछ भने पोखराले काठमाडौंलाई हराए उसको प्ले अफ निश्चित हुनेछ ।
The post पोखरा पल्टनलाई काठमाडौंको १०४ रनको लक्ष्य appeared first on Sajha Post.