Image may be NSFW.
Clik here to view.
काठमाडौँ, १८ कात्तिक । इटालियन सिरी ए मा युभेन्ट्सले काग्लियारीलाई ३-१ गोलले पराजित गरेको छ । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलागि पाउलो ड्याबलाले खेलको पहिलो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । काग्लियारीका लागि खेलको ३६ औं मिनेटमा पेड्रोले बराबरी गोल फर्काए ।
तर, खेलको ३८ औं मिनेटमा ब्राडारिचले आत्मघाती गोल गर्दा युभेन्ट्सले पुन खेलमा अग्रता बनाएको थियो । खेलको ८७ औं मिनेटमा काउड्राडोले गोल गर्दा युभेन्ट्सले सहज जित निकाल्न सफल भयो । यो जितसँगै युभेन्ट्सको ११ खेलमा ३१ अंक भएको छ भने अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।
The post युभेन्ट्सको सहज जित appeared first on Sajha Post.