Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्याराग्लाइडिङ विश्वकपः नेपाली पाईलटको खराब प्रदर्शन

$
0
0

काठमाडौँ, १८ कात्तिक ।  प्याराग्लाइडिङ विश्वपकको दोस्रो राउण्डसम्म शीर्षस्थानमा रहेका स्लोभानियाका पाईलट पाँचौ राउण्डको समाप्तीमा उनी चौथो स्थानमा झरेका छन् । पाँचौ राउण्डको समाप्तीमा शीर्ष तीन भित्र भने कोरियाली पाईटल छन् ।

शनिबारको तीन राउण्डमा कोरियन पाईलट(खेलाडी) स्याङयु लिमले ४ अंक मात्रै जोडेर समग्रमा १० अंकसहित शीर्षस्थानमा छन् । दोस्रोमा किम कि हयोन छन् । उनले पाँचौ राउण्डको समाप्तीमा ११ अंकमा छन् । तेस्रो स्थानमा जिहुन यो छन् । उनले १३ अंक जोडेका छन् ।

स्लोभानियाका पाईलट प्रिलोजुईक रोक १४ अंकमा छन् । सियोङमिन लि भने १५ अंक जोडेदै पाँचौ स्थानमा छन् । नेपाली पाईलट युकेश गुरुङ दशौं स्थानमा झरेका छन् । पाँचौ राउण्डको समाप्तीमा उनी २८ अंक जोडेका छन् । महिला तर्फको विधामा पनि शीर्षस्थानमा कोरियन खेलाडीकै बर्चस्व छ । पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

The post प्याराग्लाइडिङ विश्वकपः नेपाली पाईलटको खराब प्रदर्शन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles