काठमाडौँ, २६ कात्तिक । प्रिमियर लिग चेल्सीले इभर्टनसँग गोलरहित बराबरी खेल खेलेको छ ।
खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेतापनि गोल गर्न सकेनन् । चेल्सीको घरेलु मैदानमा खेलमा चेल्सीले अंक बाडेको हो ।
यो बराबरीसँगै चेल्सी तेस्र्रो स्थानमा रहेको छ। चेल्सीको यो सिजनको चौथो बराबरी हो । तेस्रो स्थानमा रहेको चेल्सीको १२ खेलबाट २८ अंक भएको छ ।
लिगमा ३० अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको छ । एभर्टनको १९ अंक भएको छ ।
The post इभर्टनले चेल्सीलाई गोलरहित बराबरीमा रोक्यो appeared first on Sajha Post.