Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

गोलरहित बराबरी खेलेपनि पोर्चुगल सेमिफाइनलमा

$
0
0

काठमाडौँ, २ मंसिर । गएराति भएको नेशन्स लिगमा पोर्चुगल र इटालीले गोलरहित बराबरी खेल खेलेका छन् ।

खेलको पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरेका थिए तर गोल गर्न भने सकेनन् ।

पहिलो हाफमा पोर्चुगलका तीन जना खेलाडी पहेलो कार्ड पाएका थिए ।

दोस्रो हाफमा पनि दुवै टोली सम्हालिएर खेले । दोस्रो हाफमा इटालीका तीन जना खेलाडीले पहेलो कार्ड पाएका थिए । यो बराबरीसँगै पोर्चुगलको सात अंक र इटालीको पाँच अंक भएको छ ।

गोलरहित बराबरी खेलेपनि पोर्चुगल सेमिफाइनलमा पुग्न सफल भएको छ । पोर्चुगल एक खेल बाँकी छदै नेसन्स लिग ए को समूह ३ मा को समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । इटाली समूह उपविजेता बन्दा पोल्यान्ड भने पुछारमा रहँदै रेलिगेसनमा पर्यो ।

The post गोलरहित बराबरी खेलेपनि पोर्चुगल सेमिफाइनलमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles