काठमाडौं, ८ मंसिर । स्पेनिस ला लिगामा रियल मड्रिडले क्रिश्चियानो रोनाल्डोलाई नराम्रोसँग ‘मिस’ गरिररहेको छ । उनको अनुपस्थितिमा एकपछि अर्को पराजय व्यहोर्नुपरेपछि यस्तो अवस्था सिर्जना भएको हो ।
पराजयको श्रृंखला लम्ब्याउँदै शनिबार भएको खेलमा एइबरसँग रियल मड्रिड ३-० ले स्तब्ध भएको हो ।
लिगको अंक तालिकामा पुछारमा रहेको एइबरले रियलविरुद्ध खेलको १६ औं मिनेटमा इस्कालान्टाको पहिलो गोलसँगै सुरुवाती अग्रता कायम गर्यो ।
दोस्रो हाफमा एइबरका सर्जी इनरीचले ५२औं मिनेटमा अर्को गोल थपे भने लगत्तै ५७औं मिनेटमा कीकीले एइबरका लागि अर्को गोल थपे । स्टारले भरिएको रियल मड्रिड खेलमा निरिह सावित भयो ।
पछिल्लो पटक कमजोर देखिएपछि रियलले प्रशिक्षक बर्खास्त गरेर नयाँ प्रशिक्षक ल्याएको थियो । नयाँ प्रशिक्षकको नेतृत्वमा पनि रियलले प्रगति गर्न सकेको छैन ।
जारी लिगमा रियलको पाँचौ हार व्यहोरेको मड्रिडिले १३ खेलबाट मात्र २० अंक जोडेको छ ।
The post रोनाल्डोको अनुपस्थितिमा दयनीय देखियो रियल मड्रिड, एइबरले ३-० ले हरायो appeared first on Sajha Post.