Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

स्पेनिस लिगः बार्सिलोनालाई पछि पार्दै सेभिया शिर्षस्थानमा उक्लियो

$
0
0

काठमाडौँ, १० मंसिर । गएराति भएको स्पेनिस लिग ला लिगामा सेभियाले रियल भालाडोलिडलाई १-० गोलले पराजित गर्दै शिर्ष स्थानमा उक्लेको छ ।

सेभियाका लागि एकमात्र गोल आन्द्रे सिल्भाले गरे । खेलको ३० औं मिनेटमा सिल्भाले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन भने सेभियाले महत्वपुर्ण तीन अंक जोड्दै शिर्षस्थानमा उक्लियो ।

यो जितसँगै सेभियाले १३ खेलबाट २६ अंक जोडेको छ । दोस्रो स्थानको बार्सिलोनाको २५ अंक रहेको छ । रियल भालाडोलिड १७ अंक जोडेर १२ औं स्थानमा छ ।

The post स्पेनिस लिगः बार्सिलोनालाई पछि पार्दै सेभिया शिर्षस्थानमा उक्लियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles