काठमाडौँ, १० मंसिर । एट्लेटिको मड्रिडविरुद्धको खेलमा घाइते भएका बार्सिलोनाका खेलाडी राफिन्हा अब बाँकी सिजनभर मैदान बाहिर हुने भएका छन् ।
राफिन्हाको घुँडामा गम्भिर चोट लागेपछि उनी बाँकी सिजन मैदान बाहिर हुने भएका हुन् । खेलको ४६ औं मिनेटमा सर्जी रोबर्टोको स्थानमा राफिन्हा मैदान प्रवेश गरेका थिए । रोबर्टो पनि घाइते भएपछि उनको स्थानमा राफिन्हालाई पठाइएको थियो । तर, उनी पनि खेलको क्रममा घाइते भएका थिए । तर, बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको कारणले उनले पूरा खेल खेले ।
खेलको क्रममा उनको घुँडाको जोर्नीमा चोट लागेको थियो । आइतबार भएको जाँचको क्रममा उनको घुँडाको अप्रेसन नै गर्नुपर्ने भएको छ । यसै साता उनको अप्रेसन हुने बताइएको छ ।
राफिन्हा पटक–पटक घाइते भइरहन्छन् । उनी यसभन्दा अघि पनि दुई पटक गम्भीर घाइते भएका थिए । सन् २०१७ मा मात्रै उनले ८ महिना आराम गरेर बिताए । ग्रानाडाविरुद्धको खेलमा उनी घाइते भएका थिए । राफिन्हा लामो समय मैदान बाहिर बस्नुपर्ने भएपछि कार्लेस एलेना तथा डेनिस स्वारेजले खेल्ने अवसर पाउनेछन् ।
The post राफिन्हाको घुँडामा गम्भीर चोट, बाँकी सिजनका खेल गुमाउने appeared first on Sajha Post.