काठमाडौँ, १० मंसिर । पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलको चौथो चरणको खेलहरु आज तीन खेलहरु हुँदैछन् । एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा सिएमजी संकटाले विभागीय टिम त्रिभुवन आर्मी क्लब आमनेसामने गर्दैछ । खेल आज बिहान ११ बजे हुँदैछ ।
यस सिजन दुवै टिम अपराजित रहेका छन् । दुवै टोली अपराजित यात्रा कायम राख्ने दाउमा रहेका छन् । आर्मी दुईमा जित र एकमा बराबरीको नतिजा सहित प्रतियोगितामा अपराजित छ ।
संकटा ९ अंक सहित दोस्रो स्थानमा रहदाँ आर्मी ७ अंक सहित लिगको चौथो स्थानमा छ ।
त्यस्तै आज हुने दोस्रो खेलमा न्युरोड टिम एनआरटी र रुस्लान थ्री स्टार क्लबबीच आमनेसामने हुँदैछ । यो खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
यस अघिको खेलमा मनाङसँग पराजित भएको थ्रिस्टार सानदार कमव्याक गर्ने दाउमा रहेको छ ।
थ्री स्टार ६ अंक सहित तालिकाको पाँचौ स्थानमा रहेको छ । एनआरटी मात्र एक अंक रहेको छ ।
आज हुने तेस्रो खेलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
The post सहिद स्मारक ‘ए’ डिभिजन लिग: यी हुन् आज हुने विशेष तीन खेलहरु appeared first on Sajha Post.