काठमाडाैं, १५ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । भारतको सिलगुढीस्थित कञ्चनजंघा रङ्गाशालामा नेपालले विजय लक्ष्यका साथ श्रीलङ्कासँग खेल्नेछ । यस खेलबाट समूह ‘ए’ को विजेताको टुङ्गो पनि लाग्नेछ । प्रतियोगितामा समूहको विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले दुवै खेलमा जित हासिल गर्दै ६ अङ्क जोडेको छ भने समान दुई खेल नै खेलेको श्रीलङ्का एक खेलमा जित तथा खेल खेलमा हार बेहोरेको छ । श्रीलङ्काको ३ अङ्क छ । यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गरेको थियो भने माल्दिभ्सविरुद्धको दोस्रो खेलमा नेपालले ९–० को जित हासिल गरेको थियो ।
The post चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता नेपाल र श्रीलङ्का भिड्दै appeared first on Sajha Post.