काठमाडाैं, १५ पुस । पूर्वाञ्चलको विभिन्न सहरमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । सुनसरीको धरानमा आज हुने विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन जारी रहँदा २ सय ५० स्वर्ण सहित कुल ८ सय ८० पदकको टुंगो लागिसकेको छ ।
पदक तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले १ सय ८ स्वर्णसहित आफ्नो अग्रता कायम राखेको छ । आर्मीलाई अन्य दुई विभागीय टोली एपीएफले ४६ स्वर्ण र नेपाल पुलिसले ४० स्वर्ण जितेर पछ्याइरहेका छन् । ३१ स्वर्ण जितेको मध्यमाञ्चल समग्र पदक तालिकामा चौथो स्थानमा रहेको छ । यसैबिच पूरुष फुटवलको स्वर्णको लागि आज नेपाल आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लवबीच खेल हुनेछ ।
The post सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदै appeared first on Sajha Post.