काठमाडौं, १४ पुस । नयाँ शक्ति विद्यार्थी युनियन आंशिक क्याम्पस समन्वय समितिले आयोजना गरेको प्रथम समृद्धि कप उपत्यकाव्यापी फुटसल प्रतियोगिता पब्लिक युथ क्याम्पसले जितेको छ ।
उक्त प्रतियोगितमा दोस्रो गोल्डेन गेट कलेज, तेस्रोमा आधारशीला र चौथो स्थान प्राइम कलेज भएको युनियनका प्रवक्ता रुपनारायण श्रेष्ठले जानकारी दिए। प्रतियोगिताको फाइनल खेल ७–६ गोलअन्तरमा सकिएको थियो ।
प्रतियोगिताका विजेता टिमलाई नयाँ शक्ति पार्टीका ३ नं प्रदेश संयोजक गङ्गानारायण श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । प्रथम हुने टिमलाई ५५ हजार, दोस्रोलाई ३५ हजार र तेस्रो हुनेलाई २५ हजार नगद तथा शिल्ड प्रदान गरिएको आयोजक समितिका संयोजक अनिल लुइँटेलले जानकारी दिए ।
नयाँ शक्ति विद्यार्थी युनियनले आयोजना गरेको यो नै पहिलो फुटसल प्रतियोगिता हो । प्रतियोगितामा उपत्यकाका २४ क्याम्पसको सहभागिता थियो । उक्त प्रतियोगिताको उद्घाटन मङ्गलबार नयाँ शक्ति महिला संयोजक कल्पना धमलाले गरेकी थिइन् ।
The post प्रथम समृद्धि कप फुटसलको उपाधि पब्लिक युथ क्याम्पसलाई appeared first on Sajha Post.