Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘पिएसजीलाई हराएरै छोड्छौँ’

$
0
0

काठमाडौँ, ११ मंसिर । लिभरपुलका स्टार खेलाडी भिर्जिल भ्यान डायकले लिभरपुल पिएसजीसँग नडराउने बताएका छन् । च्याम्पियन्स लिगको अर्को चरणमा पुग्न यी पिएसजी तथा लिभरपुललाई खेल जित्नै पर्ने दबाब रहेको छ ।

च्याम्पियन्स लिगको पहिलो चरणको खेलमा लिभरपुलले पिएसजीलाई ३-२ गोलले पराजित गर्न सफल भएको थियो । दुवै टोलीले घरेलु लिगमा सानदार खेल प्रदर्शन गरिरहेका छन् । घरेलु लिगमा अपराजित रहेका यी टोलीहरुले च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्न जित्नै पर्ने दबाब रहेको छ ।
भ्यान डायकले भनेका छन्, ‘हामी पिएसजीसँग डराएका छैनौँ । तर, महत्वपुर्ण कुरा भनेको हामीले खेल जित्नै पर्ने दबाब रहेको छ । उनीहरु पनि उत्कृष्ट लयमा रहेका छन् ।’
उनले थप्दै भने,’ हामी पनि उत्कृष्ट टोली हौँ । गएको च्याम्पियन्स लिगमा उप विजेता बनेका हामी यस सिजन च्याम्पियन्स लिगको उपाधि जित्न चाहन्छौँ । अरुले हाम्रो टोलीलाई के सोच्छन् हामीलाई थाहा छैन । तर, हामी यस सिजन अपराजित रहेका छौँ । च्याम्पियन्स लिगमा पनि बलियो टोली भएका कारण पिएसजीलाई हराउन सक्षम रहेका छौँ ।’

शिर्षस्थानमा रहेको नेपोलीको ६ अंक रहेको छ । समान ६ अंक रहेको लिभरपुल गोल भिन्नताका आधारमा दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको पिएसजीको ५ अंक रहेको छ ।

The post ‘पिएसजीलाई हराएरै छोड्छौँ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles