Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

स्टार खेलाडीहरु घाइते भएपछि बार्सिलोना समस्यामा

$
0
0

काठमाडौँ, ११ मंसिर । बार्सिलोनाका स्टार खेलाडीहरु घाइते भएका छन् । फरवार्ड लुइस स्वारेजसँगै ७ जना खेलाडी घाइते भएपछि बार्सिलोनालाई तनाब हुन थालेको छ ।

केही दिन अगाडि भएको एट्लेटिको मड्रिडसँगको खेलपछि बार्सिलोनाका खेलाडीहरु राफिन्हा, सर्जी राबर्टो, लुइस स्वारेज, आर्थुर मेलो तथा ज्यास्पर सिलेसज घाइते भएका हुन् । त्यस्तै, यसभन्दा अघि सर्जी स्याम्पर र थोमास भर्माइलिन चोटको कारण थलिएका छन् ।

स्वारेजको दाइने घुँडामा चोट लागेको हो । उनको चोट निको हुन करिब २ हप्ता लाग्ने बताइएको छ । एट्लेटिको मड्रिडविरुद्धको खेलमा वार्मअप गर्दा गोलकिपर ज्यास्पर सिलेसन घाइते भएका थिए । उनको दाहिने खुट्टाको मसलमा समस्या आएको कारणले गर्दा उनले पनि २–३ हप्ता आराम गर्नुपर्ने भएको छ । त्यस्तै, आर्थुर मेलोको तिघ्रा पनि चोट लागेको कारणले उनी पनि पीएसभीविरुद्ध मैदानमा उत्रनेछैनन् ।

The post स्टार खेलाडीहरु घाइते भएपछि बार्सिलोना समस्यामा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles