काठमाडौँ, १२ मंसिर । गएराति भएको युरोपको प्रतिष्ठित च्याम्पियन्स लिगमा जर्मन जायन्ट बार्यन म्युनिखले बेनेफिकालाई ५-१ गोलले पराजित गरेको छ ।
समुह इ को यस खेलमा जित हात पायरेको वार्यन च्याम्पियन्स लिगको अर्को चरणका लागि पनि छनोट भएको छ ।
बार्यनको जितमा आर्जेन र रोवर्ट लिडोनोस्कीले दुईदुई गोल गरे । एक गोल भने फ्रांक रिभेरीले गरे ।
बेनेफिकाका लागि एकमात्र गोल गेडसन फर्नानडेजले गरेका थिए । खेलको १३ औ र ३० औ मिनेटमा गोल गर्दै रोबेनले बार्यनलाई दुई गोलको अग्रता दिलाएका थिए ।
खेलको ३६ औ मिनेटमा रोबर्ट लिडोनोस्कीले गोल गरे । पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको बार्यनविरुद्ध खेलको ४६ औ मिनेटमा गेडसनले गोल गरेका थिए ।
तर, उच्च लयमा रहेको बार्यनका लागि खेलको ५१ औ मिनेटमा रोबर्ट लिडोनोस्कीले चौथो गोल गरे । खेलको ७६ औ मिनेटमा फ्रांक रिभेरीले गोल गरे । यो जितसँगै पाँच खेलमा बार्यनले १३ अंक जोडेको छ ।
बेनेफिकाको जम्मा ४ अंकमात्र रहेको छ । त्यस्तै यसै समुहको अर्को खेलमा आयाक्सले एइके एथेन्सलाई २-० गोलले पराजित गरेको छ ।
आयाक्सका लागि दुसन टाडिकले दुई गोल गरेका थिए । आयाक्स पनि च्याम्पियन्स लिगको अर्को चरणका लागि छनोट भएको छ । आयाक्सले पाँच खेलमा ११ अंक जोड्न सफल भएको छ । एथेन्सको अंक सुन्य रहेको छ ।
The post च्याम्पियन्स लिगः बार्यनले बेनेफिकाविरुद्ध गोलको वर्षात् गरेपछि… appeared first on Sajha Post.