काठमाडौँ, १२ मंसिर । गएराति भएको च्याम्पियन्स लिगको समुह जी को खेलमा रियल मड्रिडले रोमालाई २-० गोलले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
बलियो प्रतिस्पर्धी रोमाविरुद्ध ग्यारेथ बेल र लुकास भाजकुइजले एकएक गोल गरेका थिए । रियलका लागि खेलको ४७ औ मिनेटमा ग्यारेथले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
५९ औ मिनेटमा लुकास भाजकुइजले गोल गरे । यो सिजन स्पेनिस लिगमा खराब खेल प्रदर्शन गरिरहेको रियलले च्याम्पियन्स लिगमा भने आसलाग्दो खेल प्रदर्शन गरेको छ ।
इबारसँग पराजित भएको रियलले सानदार बाउन्स व्याक गरेको हो । रियलले पाँच खेलमा १२ अंक जोडेको छ ।
रोमा ९ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यसै समुहको अर्को खेलमा भिक्टर प्लेजनले सिएसकेए मस्कोालाई २-१ गोलले पराजित गरेको छ ।
पाँच खेलमा चार चार अंक जोडेका यी दुवै टोली च्याम्पियन्स लिगबाट बाहिरिएका छन् ।
The post च्याम्पियन्स लिग: रियल मड्रिड र रोमा नकआउट चरणमा प्रवेश appeared first on Sajha Post.