काठमाडौँ, १२ मंसिर । च्याम्पियन्स लिगको समुह एच को खेलमा युभेन्ट्स र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । युभेन्ट्सले भ्यालेनसियालाई १-० गोलले पराजित गरेको हो ।
युभेन्ट्सको जितमा मारियो माण्डुजकिकले एकमात्र गोल गरे ।
उनले खेलको ५९ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै म्यानुले योंङ बोइजमाथि १-० गोलले पराजित गरेको छ । म्यानुका लागि एकमात्र गोल मरोउ फेललेनीले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए ।
कठिन जित हात पारेका युभेन्ट्स र म्यानु च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।
यस समुहको शिर्षस्थानमा रहेको युभेन्ट्सले पाँच खेलमा १२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानुको १० अंक रहेको छ ।
The post युभेन्ट्स र म्यानचेस्टर युनाइटेडको कठिन जित, च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश appeared first on Sajha Post.