काठमाडौँ, १२ मंसिर । च्याम्पियन्स लिगमा आज बार्सिलोनाले डच क्लब पीएसभी आइनहोभेनविरुद्ध उसैको घरेलु मैदानमा आमनेसामने गर्दैछ ।
उक्त खेल आज राति १ः४५ बजे (नेपाली समयअनुसार) हुनेछ ।
यसअघि बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पीएसभी बार्सिलोनासँग ४–० गोलले पराजित भएको थियो । उक्त खेलमा बार्सिलोनाको लागि लियोनल मेसीले ह्याट्रिक पूरा गरेका थिए भने डेम्बेलेले पनि एक गोल गरेका थिए ।
समूह बी मा रहेको बार्सिलोनाले यसअघिको खेलमा इन्टर मिलानसँग १–१ गोलको बराबरी खेल्दै अन्तिम १६ मा स्थान बनाइसकेको छ । सोही कारणले बार्सिलोनाको अबको लक्ष्य भनेको समूह विजेता बन्ने रहेको छ । सोही कारणले गर्दा बाँकी दुई खेल (पीएभी तथा टोटनहम)सँगको खेलमा पनि बार्सिलोना सुखद् नतिजाको खोजीमा हुनेछ ।
बार्सिलोनाले समूह चरणका बाँकी दुई खेलमा दोस्रो रोजाइका खेलाडीहरुलाई अवसर दिने सम्भावना पनि रहेको छ ।
बार्सिलोनाका केही स्टार खेलाडीहरु घाइते भएका कारण समस्या पर्ने बताइएको छ । वैकल्पिक खेलाडीहरुले यो अवसरमा आफ्नो होनर देखाउने मौका पनि भएको बताइएको छ ।
The post च्याम्पियन्स लिगः बार्सिलोना भर्सेस पीएसभी आइनहोभेन appeared first on Sajha Post.