Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पिएसजीको जितकाे यात्रामा बोर्डो बाधक बनेपछि…

$
0
0

काठमाडौँ, १७ मंसिर । फ्रेन्च लिग वानमा लिगलिडर पेरिस सेन्ट जर्मेनलाई बोर्डोले कडा टक्कर दिएको छ । गएराति भएको खेलमा पिएसजीलाई बोर्डोले दुईदुई गोलको बराबरीमा रोक्न सफल भएको छ ।

पिएसजीका लागि नेयमार र केलियन एमबाप्पेले एकएक गोल गरेका थिए ।

बोर्डोका लागि जीमी ब्रान्ड र आन्द्रियास कोर्निलसले एक एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा नेयमारको गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।

तर, ५३ औं मिनेटमा ब्रान्डले बराबरी गोल फर्काए ।

खेलको ६६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पुनः पिएसजीलाई अग्रता दिलाए । तर, खेलको ८४ औं मिनेटमा बोर्डोका कोर्निलसले गोल गरे ।

१४ खेलमा शतप्रतिशत जित निकालेको पिएसजीलाई १५ खेलमा भने पिएसजी बराबरीमा रोकिएको हो ।

यो बराबरी भएसँगै पिएसजीको १५ खेलमा ४३ अंक जोडेको छ । बोर्डोको १८ अंक रहेको छ ।

The post पिएसजीको जितकाे यात्रामा बोर्डो बाधक बनेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles