Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोना शिर्षस्थानमा उक्लियो, एट्लेटिको मड्रिड बराबरीमा सिमित

$
0
0

काठमाडौँ, १७ मंसिर । गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले भिया रियललाई २-० गोलले पराजित गरेको छ ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा जेरार्ड पीके र कार्लेस अलेनाले एक एक गोल गरे ।

खेलको ३५ औं मिनेटमा पीकेको गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ८७ औं मिनेटमा अलेनाले गोल गरे ।

१४ खेलबाट २८ अंक जोडेको बार्सिलोना शिर्षस्थानमा उक्लेको छ ।

सेभियाको २७ अंक छ ।

आइतबार राति नै भएको खेलमा सेभिया डिपोर्टिभो अलाभेससंग एकएक गोलको बराबरीमा खेल खेल्यो ।

त्यस्तै गएराति भएको अर्को खेलमा एट्लेटिको मड्रिडले जिरोनासँग एकएक गोलको बराबरी खेल खेलेको छ ।

The post बार्सिलोना शिर्षस्थानमा उक्लियो, एट्लेटिको मड्रिड बराबरीमा सिमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles