काठमाडौँ, १९ मंसिर । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज बिहान ११ बजे हुने पहिलो खेलमा सिग्नेचर मनाङ मर्स्याङ्दीले जावलाखेल युथ क्लबसँग आमनेसामने गर्दैछन् ।
यस सिजन उच्च फर्ममा रहेको मनाङ शतप्रतिशत नतिजा निकाल्ने दाउमा रहेको छ ।
खासै फर्ममा नरहेको जावलाखेल पनि मनाङविरुद्ध कडा रुपमा उत्रिने तयारमा रहेको छ ।
५ खेलबाट १५ अंक जोडेको मनाङ शीर्ष स्थानमा रहेको छ ।
जावलाखेल युथ क्लब ४ अंकका साथ तालिकाको ११ औ स्थानमा रहेको छ ।
त्यस्तै रुस्लान थ्री स्टार क्लबले सरस्वती युथ क्लबसँग खेल खेल्दैछ ।
लिगको उपाधि दाबेदार क्लब थ्रीस्टारको लक्ष्य सरस्वतीलाई पराजित गर्न हरसम्भव प्रयास गर्ने दाउमा रहेको छ । मनाङमाथि दबाब सिर्जना गर्न पनि जित्नै पर्ने दबाबमा रहेको छ ।
१२ अंक सहित थ्री स्टार तालिकाको चौथो स्थानमा छ । सरस्वती ६ अंक सहित आठौ स्थानमा छ ।
The post सहिद स्मारक ए डिभिजन लिग: मनाङ र थ्रीस्टार जित्ने रणनीतिमा appeared first on Sajha Post.