काठमाडौँ, १९ मंसिर । पिएजीका स्टार खेलाडी ड्यानी आल्भेजले फ्रान्स फुटबलले प्रदान गरेको बलोन डी’ओर अवार्ड आफूले पाएको भन्दै सबैलाई बधाई दिए ।
सोमबार साँझ बलोन डी’ओरको घोषणा भएको थियो । उक्त कार्यक्रमपछि उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा आफूले बलोन डी’ओर उचालेको (एडिटेड फोटो) इन्स्टाग्राममा राखेका थिए ।
क्रिस्टियानो रोनाल्डोले अवार्ड थाप्दै गर्दाको फोटामा आल्भेजले आफ्नो टाउको राखेको फोटो इन्स्टामा राखेका थिए ।
धेरैले उनले अवार्डको खिल्ली उडाएको तर्क गरेका छन् ।
लियोनल मेसीले सन् २००९ देखि निरन्तर वलोन डी’ओर अवार्ड पाउनुपर्ने तर्क उनले गर्दै आइरहेका थिए ।
ड्यानीले इन्स्टामा लेखेका छन् ‘मलाई विजेता बनाउन सघाउ पुर्याउने सबैलाई धन्यवाद । यो अवार्ड उच्चाल्न पाउनु मेरो भाग्य हो । साथै ह्यास ट्यागमा गुड क्रेजी मुड, बलोन डी’ओर, गुड लक टु द सेकेन्ड, आइ लभ दिस गेम लेखिएको छ ।’
The post बेलोन डिओरप्रति ड्यानी आल्भेजको असन्तुष्टी, यसरी दिए प्रतिक्रिया appeared first on Sajha Post.