काठमाडौँ, १९ मंसिर । रियल मड्रिड तथा क्रोयसियाका स्टार खेलाडी लुका मोड्रिचले सन् २०१८ को उत्कृष्ट खेलाडीको अवार्ड बेलोन डिओर जितेपछि एट्लेटिको मड्रिड तथा फ्रान्सका खेलाडी एन्टोनियो ग्रिजम्यानले आफ्नो प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्, ‘मैले बेलोन डिओर जित्न के गर्नुपर्छ । विश्वकप, युरोपा लिग जितिसक्दा पनि बेलोन डिओर जित्न असफल भए । यो कुरा मलाई कत्ति चित्त बुझेको छैन ।’
उनले थप्दै भनेका छन्, ‘आफ्ना मित्रका कारण पनि अवार्ड जित्न नसकेको हुनसक्छ ।’
सन् २००७ मा ब्राजिलका स्टार खेलाडी काकाले यो अवार्ड जितेयता लियोनल मेस्सी र रोनाल्डोबाहेक अन्य खेलाडी यो अवार्ड जित्न सकेका थिएनन् ।
मेस्सी र रोनाल्डोले यो अवार्ड पाँचपाँच पटक जितेका छन् ।
अवार्ड जित्न मोड्रिचले ७ सय ५३ अंक पाएका थिए भने रोनाल्डोले ४ सय ७६ अंक, ग्रीजम्यानले ४ सय १४ अंक, एमबाप्पेले ३ सय ४७ तथा मेस्सीले २ सय ८० अंक पाएका थिए ।
The post लुका मोड्रिचले बेलोन डिओर जितेपछि ग्रिजम्यानलाई चित्त बुझेन appeared first on Sajha Post.