Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिभरपुलको अपराजित यात्रा कायमै, टोटनहमको सहज जित

$
0
0

काठमाडौँ, २० मंसिर । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले सानदार कमव्याक गर्दै बर्लीलाई ३-१ गोलले पराजित गरेको छ ।

पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् ।

तर, दोस्रो हाफमा बर्लीले अग्रता बनाएको थियो । उसका लागि खेलको ५४ औ मिनेटमा ज्याक कोर्कले गोल गरेका थिए । एकगोलले पछि परेको लिभरपुलका लागि खेलको ६२ औ मिनेटमा जेम्स मिल्नरले बराबरी गोल फर्काएका थिए ।

खेलको ६९ औ मिनेटमा लिभरपुलका लागि फिरमिन्होले गोल गर्दै अग्रता दिलाए । खेल सकिनै लाग्दा यस सिजन उच्च फर्ममा रहेका जेण्डर साकिरीले गोल तेस्रो गोल गरे ।

यो जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीमाथि दबाब बनाइराख्न सफल भएको छ । १५ खेल खेलेको लिभरपुल ३९ अंकका साथ दोस्रो स्थानमा रहेको छ । बर्लीको ९ अंकका साथ १९ औ स्थानमा रहेको छ ।
त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटनहमले साउथह्यामटनलाई ३-१ गोलले पराजित गरेको छ । यो जितसँगै टोटनहम लिगको तेस्रो स्थानमा उक्लेको छ ।

The post लिभरपुलको अपराजित यात्रा कायमै, टोटनहमको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles