काठमाडौँ, २३ मंसिर । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले एफसी बोर्नेमाउथलाई ४-० गोलले पराजित गरेको छ ।
लिभरपुलको जितमा मोहमम्द सलाहले ह्याट्रिक गरे । यस सिजन उच्च फर्ममा रहेको लिभरपुलको अपराजित यात्रा कायम राख्न सफल भएको छ ।
बोर्नेमाउथको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि मोहमम्द सलाहले खेलको २५ औ, ४८ औ र ७७ औ मिनेटमा गोल गरेका थिए ।
खेलको ६८ औ मिनेटमा स्टीभ कुकुले आत्मघाती गोल गरेका थिए ।
यो जितसँगै लिभरपुल प्रिमियर लिगको शिर्षस्थानमा उक्लेको छ । १६ खेलमा ४२ अंक जोड्दै लिभरपुल लिगको शिर्षस्थानमा रहेको छ । बोर्नेमाउथ २३ अंकका साथ लिगको आठौँ स्थानमा रहेको छ ।
The post मोहमम्द सलाहको ह्याट्रिक, लिभरपुल शिर्षस्थानमा उक्लियो appeared first on Sajha Post.