काठमाडौँ, २४ मंसिर । गएराति भएको स्पेनिस लिग ला लिगामा रियल मड्रिडले हुयस्काविरुद्ध १-० गोलको कठिन जित निकाल्न सफल भएको छ ।
सोलारी प्रशिक्षकका रुपमा नियुक्त भएपछि रियल विस्तारै फर्ममा देखिएको छ ।
रियलको जितमा एकमात्र गोल ग्यारेथ बेलले गरेका थिए ।
अंकतालिकाको २० औ स्थानमा रहेको हुयस्काविरुद्ध रियलले धेरै अवसरहरु सिर्जना गरेको थियो तर गोल भने गर्न सकेन ।
यो जितसँगै रियलको १५ खेलमा २६ अंक भएको छ । रियल लिगको चौथो स्थानमा उक्लेको छ । शिर्षस्थानमा रहेको बार्सिलोनाको ३१ अंक रहेको छ ।
The post रियल मड्रिडको जितमा ग्यारेथ बेलको गोल appeared first on Sajha Post.