Image may be NSFW.
Clik here to view.
काठमाडौँ, २८ मंसिर । युरोपा लिगमा अपराजित बन्दै चेल्सी अन्तिम ३२ मा स्थान बनाउन सफल भएको छ। समुह चरणको अन्तिम खेलमा चेल्सीले हंगेरीको भिडी एफसीसंग दुईदुई गोलको बराबरी खेल खेलेको हो ।
खेलको ३० औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३२ औं मिनेटमा चेल्सीका इथान अम्पाडुले आत्मघाती गोल गरे गर्दा खेल बराबरीमा आएको थियो ।
खेलको ५६ औं मिनेटमा लोइच नेगोले गोल गरे । तर, खेलको ७५ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दा चेल्सी पराजित हुनबाट जोगियो ।
चेल्सीले ६ खेलमा ५ जित र एक बराबरीसहित १६ अंक जोड्न सफल भयो ।
The post पराजित हुनबाट जोगियो चेल्सी appeared first on Sajha Post.