Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इपिएल क्रिकेटमा काठमान्डौं र चितवन विजयी

$
0
0


काठमाडौं, २८ मंसिर । काठमाडौं किङ्स इलाभेनले तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । आज भएको खेलमा पोखरा राइनोजलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो ।

टियु क्रिकेट मैदानमा पोखराले दिएको १६६ रनको लक्ष्य काठमाडौंले १९ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्‍यो । काठमाडौंको जितमा केभीन ओ ब्राएनले अर्धशतकीय इनिङस खेल्दै अविजित ५४ रन बनाए । यस्तै कप्तान रोहन मुस्तफाले ४० रन जोड्दा सुब्रमनियन आनन्दले २७ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

पोखराका लागि ओपनर रिचर्ड लेभीले ३८ रन बनाए । यस्तै कप्तान कायल कोएट्जर र पल कघलिनले समान ३७, ३७ रन बनाए । जितसँगै काठमाडौंले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । काठमाडौंले ३ खेलमा ४ अंक जोडेको छ । काठमाडौंसँगको हारसँगै पोखरा प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि आजको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई पाँच रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा चितवन टाइगर्सले दिएको १९७ रनको चुनौती विराटनगर वारियर्सले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १९१ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि बाबर हायतले उत्कृष्ट प्रदर्शन गर्दै ९० रन बनाए । तर आफ्नो टिमलाई जित दिलाउन भने सकेनन् ।

त्यस्तै, विराटनगरका लागि आसिफ शेखले ३० र कप्तान पारस खड्काले १९ रनको योगदान दिए । बलिङतर्फ चितवनका ललित भण्डारीले चार विकेट लिए । जितसँगै चितवन टाइगर्सको प्ले अफ पुग्ने अंक गणितीय समीकरण मात्रै बाँकी रहेको छ । चितवनले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको थियो ।

अब अन्तिम खेल चितवनले पोखरासँग खेल्न बाँकी छ । यता, पराजित विराटनगरको भने यो दोस्रो हार हो । चार खेलबाट दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको विराटनगरको चार अंक रहेको छ । हारपछि पनि विराटनगरको प्ले अफ पुग्ने सम्भावना बलियो रहेको छ ।

The post इपिएल क्रिकेटमा काठमान्डौं र चितवन विजयी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles