काठमाडौं, २९ मंसिर । एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्सले भैरहवालाई ७ विकेटले हराउँदै प्लेअफमा उक्लिएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले पूरै ओभर खेल्दै चार विकेट गुमाएर १ सय ३९ रन बनायो । ४० रन हुँदा तेस्रो विकेट गुमाएको उसका विदेशी खेलाडी रायन टेन डोइच्टेले १२ रन जोडे ।
त्यसैगरी रविइन्दर सिंह र कप्तान शरद भेषावकरले १०९ रनको साझेदारी गरे । जसमा रविइन्दरले अविजित ८६ रन बनाए भने शरदले ३९ रन जोडे । बलिङमा जितेन्द्र मुखिया, केभिन ओब्राइन र प्रदिप शाहुले एक–एक विकेट लिन सफल भए ।
जवाफमा काठमाडौंले १९ ओभर तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो । काठमाडौंले ६८ रनमा पहिलो विकेट र ११२ रन जोड्दा दोस्रो विकेट गुमायो । त्यसलगत्तै लतागार टिमको विकेट पतन सुरु भयो । १७ रन जोड्दा थप तीन विकेट पतन भएपछि काठमाडौं केहीबेर कमजोर देखिएको थियो ।
काठमाडौंको जितमा अमित श्रेष्ठले ५१ रन जोडे भने रोहन मुस्तफाले ३६ रन बटुले । त्यसैगरी सागर पुनले १३ रन जोडे भने केभिन ओब्राइनले अविजित २९ रन जोड्न सफल भए ।
The post इपिएलः भैरहवालाई हराउँदै काठमाडौं किंग्स प्लेअफमा उक्लियो appeared first on Sajha Post.