काठमाडौँ, १ पौष । गएराति भएको प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले इभर्टनलाई ३-१ गोलले पराजित गरेको छ ।
इभर्टनको घरेलु मैदानमा भएको खेलमा सिटीले जित निकाल्दै पुन अंक तालिकाको शिर्षस्थानमा उक्लन सफल भएको हो ।
सिटीको जितमा ग्राबिल जेससले दुई गोल गरे ।
एक गोल रहिम स्टलिंगले गरे । इभर्टनका लागि एकमात्र गोल डोमिनिक कल्भर्टले गरे ।
खेलको २२ औँ र ५० औ मिनेटमा ग्राबियलले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
खेलमा फर्कन प्रयासरत इभर्टनका लागि डोमिनिकले ६५ औ मिनेटमा गोल गरे । तर, खेलको ६९ औ मिनेटमा रहिम स्टलिंगले गोल गर्दा सिटीले जित सुनिश्चित गर्न पुग्यो ।
यो जितसँगै सिटीको १७ खेलमा ४४ अंक भएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ४२ अंक रहेको छ भने एक खेल कम खेलेको छ । इभर्टनको २४ अंक रहेको छ ।
The post प्रिमियर लिगः म्यानचेस्टर सिटी शिर्षस्थानमा appeared first on Sajha Post.