काठमाडौँ, २ पुस । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले लेभान्तेविरुद्ध प्रभावशाली जित निकाल्न सफल भएको छ । लेभान्तेको घरेलु मैदानमा बार्सिलोनाले ५-० गाेलकाे सानदार जित निकाल्न सफल भएको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे ।
उनले खेलको ४३ औं, ४७ औं तथा ६० औं मिनेटमा गोल गरे । त्यस्तै लुइस स्वारेजले ३५ औं मिनेटमा गोल गर्दै बार्सिालानालाई अग्रता दिलाएका थिए । जेरानर्ड पिकेले खेलको ८८ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै स्वारेज र पिकेको गोलमा पनि मेसीले एसिस्ट प्रदान गरेका थिए ।
जितसँगै बार्सिलोनाले १६ खेलबाट ३४ अंक जोडेको झ भने दोस्रो स्थानको सेभियाभन्दा ३ अंकको अग्रता कायम गरेको छ ।
The post लेभान्तेविरुद्ध बार्सिलोनाको सानदार जित, मेस्सीले गरे ह्याट्रिक appeared first on Sajha Post.