काठमाडौँ, २ पुस । यस सिजन उच्च लयमा रहेका लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउन सफल भएका छन् । लेभान्टेविरुद्ध ह्याट्रिक तथा २ एसिस्ट गरेका मेस्सीले बार्सिलोनाको जर्सीमा ३२३ जित निकाल्न सफल भएका छन् ।
यसअघि बार्सिलोनाको जर्सीमा जाभी हर्नान्डेजले ३२२ जित निकाल्न सफल भएका थिए । ्
मेस्सीले ४३२ खेल खेलेर उक्त जित निकालेका हुन् । जाभीले ५०५ खेल खेलेर उक्त रेकर्ड कायम गरेका थिए ।
जाभीले खेलेको खेलमा जम्मा ६४ प्रतिशत खेलमा जित निस्केको थियो भने मेस्सीले खेलेको ७५ प्रतिशत खेलमा जित निकालेका छन् ।
त्यस्तै, आन्द्रेज इनियष्टाले ३१२ खेलमा, भिक्टोर भाल्डेसले २६८९ खेलमा, कार्लेस पुयोलले २४७ खेलमा तथा सर्जियो बुस्केट्सले २४७ खेलमा जित निकालेका छन् ।
हालसम्म ला लिगामा मेस्सीले ३९७ गोल गरिसकेका छन् ।
The post मेस्सीले बनाए नयाँ रेकर्ड appeared first on Sajha Post.