Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सहिद स्मारक ए डिभिजन लिग: यी हुन् आज हुने तीन प्रतिष्पर्धा

$
0
0


काठमाडौं, २ पुस । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको खेल मैदानमा हुने आजको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

बिहान ११ बजेदेखि सुरु हुने खेलमा दुवै टिम जितको खोजीमा हुने छन् । त्यस्तै, आजै हुने अर्को खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । हलचोकस्थित एपीएफको मैदानमा साढे २ बजे हुने खेलमा संकटा फ्रेन्ड्सविरुद्ध जितको खोजीमा हुने छ । संकटा लिगको तेस्रो स्थानमा रहेको छ ।

संकटाले आठ खेलबाट सात खेलमा जित र एक खेलमा हार व्यहोर्दै २१ अंक बनाएको छ । यता, फ्रेन्ड्स क्लबको भने आठ खेलबाट पाँच अंक मात्रै रहेको छ । यस्तै, आजै हुने तेस्रो खेलमा सरस्वती युथ क्लबले जावलाखेल युथ क्लबसँग साढे २ बजे प्रतिस्पर्धा गर्नेछ ।

The post सहिद स्मारक ए डिभिजन लिग: यी हुन् आज हुने तीन प्रतिष्पर्धा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles