Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ईपीएल : आज लिग चरणको अन्तिम खेल हुँदै

$
0
0

काठमाडाैं, २ पुस । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । टियु क्रिकेटमा मैदानमा हुने लिग चरणको अन्तिम खेलमा काठमाडौं किङस इलाभेन र विराटनगर वारिवर्सबीच अपरान्ह १२ः४५ मा सुरु हुनेछ । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।

यसै खेलले क्वालिफायर पुग्ने एक टोली र प्ले अफ पुग्ने एक टोलीको पनि टुंगो लाग्नेछ । अब साविकको विजेता विराटनगर र चितवन टाइगर्समध्ये एक टोलीले प्ले अफमा स्थान बनाउने छन् । लगातार पाँच खेल गुमाएको पोखरा भने बाहिरिसकेको छ ।

कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई प्ले अफ पुग्न काठमाडौंविरुद्ध स्पष्ट जित निकाल्नु पर्नेछ । विराटनगर ४ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा छ । यता, काठमाडौं भने विराटनगरलाई हराएर क्वालिफायरमा पुग्ने लक्ष्यमा हुनेछ । काठमाडौं ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ ।

The post ईपीएल : आज लिग चरणको अन्तिम खेल हुँदै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles