काठमाडाैं,३ पुस । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटको इलिमिनेटर खेल आजबाट सुरु हुँदैछ । इलिमिनेटर खेल अन्तर्गत शरद भेषावकरको टिम भैरहवा ग्लाडीयटर्स र पृथु बास्कोटाको टिम चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन् ।
टियु क्रिकेट मैदानमा हुने भैरहवा र चितवनबीचको खेल अपरान्ह १२ः४५ बजे सुरु हुनेछ । प्रतिस्पर्धाका लागि मैदान उत्रदा साविकको विजेता भैरहवा र पहिलोपटक प्ले अफमा पुगेको चितवनको लक्ष्य फाइनल प्रवेशको लागि हुने क्वालिफायरमा पुग्ने हुनेछ ।
इलिमिनेटर विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउने छन् । दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलेभेनसंँग खेल्नेछ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ । दोस्रो क्वालिफायरमा विजेता हुने टोलीले फाइनलमा ललितपुरसँग खेल्नेछ ।
The post ईपीएल क्रिकेटको इलिमिनेटर खेल आज appeared first on Sajha Post.