Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

डीपीएल : खेलाडी दर्ता प्रक्रिया आजबाट

$
0
0
फाइल फोटो

काठमाडाैं, ४ पुस । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी दर्ता प्रक्रिया आजबाट सुरु हुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमीले खेलाडी दर्ता आजबाट सुरु गर्न लागेको जानकारी दिएको छ ।

खेलाडीले पुस १० सम्म प्रतियोगिताका लागि आफ्नो टिम दर्ता गर्न पाउनेछन् । तेस्रो संस्करणको खेलाडी अक्सन अर्थात् लिलामीको समय पुस १२ गते निर्धारण गरिएको छ । अक्सनबाट छनोट भएका खेलाडी कम्तिमा ३ वर्षका लागि टोलीमा आबद्ध हुनेछन् ।

प्रत्येक टिमले नयाँ सिजनमा ३ खेलाडीलाई रिलिज गर्नुपर्नेछ । यसपटकको डीपीएल प्रतियोगिता माघ १९ देखि फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

The post डीपीएल : खेलाडी दर्ता प्रक्रिया आजबाट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles