काठमाडौँ, ४ पुस। प्रशिक्षक होसे मोरिन्होलाई बर्खास्त गरेको २४ घण्टा नबित्दै म्यानचेस्टर युनाइटेडले नयाँ प्रशिक्षक नियुक्ती गरेको छ ।
म्यानुले केयरटेकर प्रशिक्षकका रुपमा पूर्व फरवार्ड तथा नर्वेजीयन प्रशिक्षक ओले गुनर सोल्सायरलाई नियुक्त गरेको छ ।
यस सिजन झुर खेल प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेडले खासै गतिलो खेल खेल्न सकेको थिएन । म्यानुले धैर्यता देखाउँदै प्रिमियर लिग सुधारको अपेक्षा गर्दै मोरिन्होलाई मौका दिएको थियो । अन्तत म्यानुको धैर्यताको बाँध टुट्यो र बर्खास्त गर्ने निर्णय लियो ।
मिडिया रिपोर्टका अनुसार म्यानुले यस सिजनको अन्तसम्मका लागि सोल्सायरलाई केयरटेकर प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
प्रशिक्षक सोल्सायरले कार्डिफ सिटी र नर्वेजीयन क्लब मोल्डे क्लबलाई प्रशिक्षण गराएको अनुभव रहेको छ ।
४५ बर्षीय सोल्सायरले युनाइटेडबाट ११ सिजन खेलेका थिए । सर एलेक्स फोर्गुसनको पालामा सोल्सायरले युनाइटेडबाट १२६ गोल गरेका थिए ।
The post म्यानचेस्टर युनाइटेडको प्रशिक्षकको जिम्मेवारी सोल्सायरलाई appeared first on Sajha Post.