एजेन्सी, ५ पुस । युरोपेली च्याम्पियन रियल म्याड्रिड जापानी क्लब काशीमा एन्टलर्सलाई पराजित गर्दै क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फरवार्ड ग्यारेथ बेलले ह्याट्रिक गरेपछि रियलको
क्लब विश्वकपको तेस्रो पटकको यात्रा सुनिश्चित भएको हो ।
बुधबार भएको खेलमा रियलले काशीमालाई ३-१ ले पराजित गर्यो । रियलले पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा बेलको गोलसँगै अग्रता लियो । दोस्रो हाफको सुरुवातमै दुई गोल थप्दै बेलले ह्याट्रिक पूरा गरे । ५३ औं मिनेटमा अग्रता दोब्बर पारेका बेलले दुई मिनेटमै ह्याट्रिक प्रहार गरेका हुन् ।
काशीमाका लागि शोमा डोईले ७८ औं मिनेटमा गोल फर्काए । उक्त टिमबाट थप गोल हुन नसकेपछि डोईको गोल सान्त्वनामा नै सिमित भयो ।
फाइनलमा रियलले स्थानीय क्लब अल आइनसँग भिड्नुपर्नेछ । किनकी अल आइनले रिभर प्लेटलाई पेनाल्टीमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । शनिबार हुने फाइनल भिडन्तमा विजय हासिल गरे रियलले उपाधिमा पनि ह्याट्रिक गर्नेछ ।
The post रियल क्लब विश्वकपको फाइनलमा, बेलको ह्याट्रिक निर्णायक appeared first on Sajha Post.